आज :

प्रकाश सपुतको ‘फुलमाया’ गीत रेकर्ड गरेका गोविन्दले जिते सर्वोत्कृष्ट रेकर्डिस्टको अवार्ड

  • अनलाइन डबली

काठमाडौँ । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड–२०८०’ को सर्वोत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द अनेकले प्राप्त गरेका छन् । आठौं संस्करण अन्तरगत काठमाडौँमा आयोजित कार्यक्रममा प्रिज्म स्टुडियोका गोविन्दलार्य उक्त अवार्ड प्रदान गरिएको हो ।

कलाकार प्रकाश सपुतको सर्वोधिक चर्चामा रहेको गीत ‘सकम्बरी’ (फुलमाया) बोलको गीतबाट उनले सो अवार्ड हात पारेका हुन् ।

कलाकार प्रकाश सपुतको सर्वाेधिक चर्चामा रहेको गीत ‘सकम्बरी’ (फुलमाया) बोलको गीतबाट उनले सो अवार्ड हात पारेका हुन् ।

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौको राष्ट्रिय नाचघरको सभा हलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।

रेकर्डिस्ट अनेकले रेकर्डिङ गरेका गीतहरू चलचित्र ए मेरो हजुर -४ मा समावेश रहेको गीत ‘फूलको थुङ्गा’, ‘कुरा बुझ्नुपर्छ’, ‘दमाई महाराज’, ‘लाउन्न दाजै पिरती’, ‘जाम भो माइली’ ‘रमरम मराैटी’, ‘मन परेको मान्छे’ ‘जाले रुमाल फाट्यो’ ‘जुनमाया’ ‘सोल्टी बजारमा’ ‘अरेली काँडैले’ जस्ता गीतहरु बजारमा निकै चर्चित छन् ।

प्यूठानको स्वर्गद्वारी नयाँगाउँमा स्थायी घर भएका अनेक कलाकर्मी र संगीतकर्मीका बीच प्रिय रहेको प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिस्टका रुपमा कार्यरत छन् ।

रेकर्डिङ सँगसँगै अनेक गीत सृजना संगीत संयोजन र गायन पेशालाईसमेत एकसाथ अगाडि बढाई रहेका छन् । उनको सृजना तथा आवाजमा अहिलेसम्म करिब एक दर्जन बढी सांगीतिक प्रस्तुतिहरु बजारमा सार्वजनिक भइसकेका छन ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal