
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णबहादुर बडुवाल ‘महेश’ को अन्त्येष्टी गरिएको छ । निमोनियाबाट पीडित महेशको उपचार लैजाँदै गर्दा विहान निधन भएको थियो ।
आफन्त, शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा आज कर्णाली चिसापानीमा अन्त्येष्टी गरिएको हो ।
सरल तथा सदा जीवनशैलीका नेता महेशको पार्टीले संचालन गरेको तीन महिने अभियानको क्रममा डोटी कार्यक्षेत्र थियो ।
सुर्खेत जेल ब्रेकका एक योद्धा समेत रहेका महेश पार्टीको विभिन्न जिम्मेवारी पूरा गर्दै आएका थिए ।
विहान केही समय श्रद्धाञ्जलीको लागि केही समय घरमा राखेर अन्त्येष्टीको लागि शवयात्रा गरिएको थियो ।