आज :

विश्व पर्यटन दिवस: विहानै एयरपोर्टमै पुगेर मन्त्री किरातीले गरे पर्यटकलाई स्वागत

  • अनलाइन डबली

काठमाडौँ । विश्व पर्यटन दिवस दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

पर्यटन दिवस दिवस भव्यरूपमा मनाउनका लािग पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति समेत गठन गरिएको छ ।

आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गरेका छन् ।

बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा हुनेछ ।

विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यस वर्ष भने ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम समेत छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal