
काठमाडौं । आफ्नो सैन्य नीति विस्तार गर्न अगाडि सारिएको इण्डो प्यासिफिक रणनीतिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् ।
नेपालले औपचारिक रुपमा यो रणनीतिलाई स्वीकार गरिसकेको छैन । तर, नेपाली सेनाले सहभागिता जनाएको छ । नेपालमा यस रणनीति अनुसार एमसीसी परियोजना अगाडि सारिएको भन्दै विरोध हुँदै आएको छ ।
यो सैन्य रणनीति चीनविरुद्ध भएको भन्दै नेपालले कसैको सैन्य रणनीतिमा सहभागि हुन नहुने दवाव जारी छ । तर, इण्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन आज भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
असोज ८ गतेदलेखि १० गतेसम्म सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिहरुको सहभागीता रहने छ । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।