आज :

आज देशरभका अस्पतालमा आकस्मिकबाहेका सेवा बन्द, दोषी पक्राउ गरिसक्दा पनि चिकित्सक संघ आन्दोलनमा

  • अनलाइन डबली

काठमाडौँ । आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेका सबै सेवा बन्द गरिएको छ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघको आयोजनामा आज आकस्मिकबाहेका सबै सेवा बन्द गरेर चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोनमा उत्रेका छन् ।

घटनामा संलग्न भएका ४ जनालाई पक्राउ गरी ३ दिनको म्याद थपेर अनुसन्धान सुरु भइसक्दा पनि चिकित्सकहरु आन्दोलनमा उत्रेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

तर, सङ्घले आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिएको छ ।

बिरामीको उपचारमा लापरवाही गरेको भन्दै पीडित परिवारले सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भदौ २७ हातपात गरेका थिए । सोही घटनालाई लिएर चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।

सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal