Skip
आज :

मोर्चा र नेपाली कांग्रेस सहकार्य गरेरै अगाडि बढ्छ: अध्यक्ष यादव

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा र गठबन्धनमा रहेको नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसलाई साइजमा ल्याउन मोर्चा बनाएको आरोप भ्रम मात्र रहेको भन्दै मोर्चा र नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर जाने बताएका हुन् ।

उनले भने, ‘यो मोर्चा कांग्रेसलाई साइजमा ल्याउन गरिएको हो भन्ने कुरा भ्रम हो । कांग्रेसका शीर्ष नेताको सल्लाह, सहमति र सहयोगमा नै सहकार्य हुँदै यो मोर्चा बनेको हो । यो मोर्चाले गठबन्धनमा नेपाली कांग्रेससँग सहकार्य गर्दै अगाडि बढ्नकै लागि हो । त्यसैले भ्रमले साथीहरू तर्सिनु भएको भए मुक्त हुनु होला । गठबन्धन र मोर्चा एकअर्काका सहयोगी नै हुन् ।’ अध्यक्ष यादवले संविधानमा सरकार गठनसम्बन्धी विभिन्न विकल्प राख्नु नै त्रुटिपूर्ण भएको टिप्पणी गरे । उनले सरकार गठनसम्बन्धी व्यवस्था संविधानमै त्रुटिपूर्ण रहेकाले कोशी प्रदेशमा समस्या पैदा भएको बताए ।

उनले भने, ‘संसदीय व्यवस्थामा बहुमत, दुई तिहाइ नजिक भएका दलहरू गठबन्धनहरू त धराशायी भए । यो त झिनो मतले अगाडि पछाडि हुने हो । सिस्टममै दोष छ । संवैधानिक व्यवस्थाको संरचनामा पुनर्विचार गर्नुपर्छ, संसदीय व्यवस्था भनेको बहुमत रहेसम्म सरकार बनाउने र नरहँदा हट्ने प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal