आज :

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन् । उनले देउडा राष्ट्रिकरण भइसकेको बताउँदै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचानले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रममा बोल्दै मन्त्री साउदले सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचान हो, यो राष्ट्रियकरण भइसकेको छ । प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमा मनाउने सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”

सुदूरपश्चिममा फरकफरक संस्कृति भएपनि एक अर्कालाई सम्मान गरिरहेको बताए । पहाड र तराईमा फरकफरक संस्कृति भएको भएपनि एकले अर्कालाई सम्मान गरिरहेको बताए । मन्त्री साउदले संस्कृति बलियो भएमात्रै राज्य बलियो हुने भन्दै भने, “यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यही हो हाम्रो पहिचान । संस्कृति बलियो भएमात्रै राज्य बलियो हुन्छ ।”

सुदूरपश्चिम प्रदेशमा हिमाल, पहाड र तराईमा फरकफरक संस्कृति भएपनि बलियो एकता भएको समेत बताए । “हिमाल तथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचान हो” मन्त्रीले भने । उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री साउदले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउने पर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मान गर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal