आज :

मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न ढिला गर्न हुँदैन:अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगको केन्द्रीय कार्यालय पुननिर्माण गर्न अब ढिला गर्न नहुने बताएका छन् ।

सोमबार मानव अधिकार अभिलेख केन्द्रको अवलोकन गर्न पुगेका ओलीले २०७२ साल बैशाखमा गएको भूकम्पमा परी क्षतिग्रस्त भएको आयोगको केन्द्रीय कार्यालयको पुननिर्माण गर्न ढिला गर्न नहुने बताए । उनले भने, ‘अब धेरै विलम्ब नगरिकन मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुर्ननिर्माण हुनुपर्छ ।’ अध्यक्ष ओलीले आयोगको केन्द्रीय कार्यालयमा अहिले भएको संरचनालाई भत्काएर,सोहि स्थानमा कार्यालयको पुर्ननिर्माण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै,उनले राष्ट्रिय मानवअधिकार आयोगले गरेको कामलाई प्रसंशा पनि गरे । ‘जसरी आयोगलाई संवैधानिक अंगको रुप दियौं,संविधानमै व्यवस्था गरेर र तत् सम्बन्धमा अधिकारहरु स्पस्ट गरेर त्यसको सफलतासँग आज मानवअधिकार आयोग यति सक्षम ढंगले आफ्ना उद्देश्यहरुमा सफल छ,’ ओलीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal