आज :

बागमती स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य अन्तरगतको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको फिर्ता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीहरुलाई दरबन्दी भएको ठाउँमा फिर्ता पठाउने निर्णय गरेको थियो ।

मन्त्रालयले असार २५ गते मन्त्रिस्तरिय निर्णय गरेर सातवटै प्रदेश, संघ र स्थानीय तहमा कार्यरत कर्मचारीलाई फिर्ता बोलाएको थियो । उक्त निर्णयअनुसार पत्राचार गरेको थियो ।

उक्त परिपत्रलाई अटेर गरेपछि मन्त्रालयले फेरि भदौ ११ गते श्रेष्ठको दरबन्दी भएको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज फिर्ता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका निर्णयअनुसार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले श्रेष्ठलाई तत्काल रमाना लिई फिर्ता पठाउन आज निर्देशन दिएको छ ।

अब भने श्रेष्ठ दरबन्दी भएकै ठाउँमा जानु पर्ने बाध्यता सिर्जना भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal