आज :

समाजवादी मोर्चाले धनगढीमा सन्देश सभा कहिले गर्छ ?

  • अनलाइन डबली

काठमाडौं । समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको सभा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको हो ।

‘शीर्ष नेताहरूको कार्यव्यस्तताले आजका लागि तय गरिएको सभा स्थागित गरिएको छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने, ‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परार्मशमा तय गर्नुहुनेछ ।’

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थतरियसभा भोलि अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरुले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।

नेताहरुका अनुसार कर्णालीको सभापछि धनगढीको समय तय हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal