आज :

इन्जिनियरिङ अध्ययनको लागि बढाएको शूल्क खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले इन्जिनियरिङ अध्ययनको लागि वृद्धि गरिएको शूल्क खारेज गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शुक्रबार इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले बढाएको शूल्क तत्काल लागु नगर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

आईओईले इन्जिनियरिङ अध्ययनको लागि शूल्क बढाएको थियो । त्यसको विरुद्धमा विद्यार्थी आन्दोलनको घोषणा गरेका थिए । समाजवादी मोर्चा निकट चारवटा विद्यार्थी संगठनहरुले संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आज साँझसम्मको अल्टिमेटम दिएका थिए ।
विद्यार्थीहरुले विहानैबाट आईओईमा प्रदर्शन गरिरहेका थिए । विद्यार्थीहरुले विरोध जनाएको खबर पाउनसाथ प्रधानमन्त्रीले त्रिविलाई शूल्कवृद्धि खारेज गर्न निर्देशन दिएको बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal