आज :

शीर्ष नेताहरुको साक्षी बस्नु बदनाम हुनु मात्रै हो:रवि लामिछाने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले,  शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन् । आजका लागि बोलाइएको सर्वदलीय बैठकमा सहभागि हुन पुगेका उनले शीर्ष नेताहरुको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै अब बैठकमा समेत सहभागि नहुने संकेत गरे ।

‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन ।’ उनलेभ ने ‘सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । ’उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने भन्ने विषयमा लाग्ने बताए । उनले भने ‘हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’

सर्वदलीय बैठक भोली ११ बजे बस्ने गरि तोकिएको छ । आजको संसद बैठक समेत प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै सारिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal