आज :

राज्यले पहिचानको नारा कमजोर बनाउने भूमिका खेलेको सरोकारवालाको तर्क

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद रेखा यादवले, पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको आशंका गरेकी छिन् । सोमबार संवाद डबलीमा आयोजित पहिचानको राजनीति र शिल्पी दलित मुक्तिको सवाल अन्तरक्रिया कार्यक्रममा उनले सरकार नै पहिचानको मुद्दालाई कमजोर बनाउन लागेको आरोप लगाइन् ।

उनले भनिन् ‘अहिले राज्यले कस्तो ठूलो खेल खेलिरहेको छ, मधेशले जब मधेश प्रदेश बनायो त्यो बनाउँने वित्तिकै जातिको नारा सुरु गरेको छ । यादव एकतर्फ अरुलाई एकतर्फ गरेको छ यो मधेश प्रदेशलाई कमजोर बनाउँनको लागि यस्तै गरी शिल्पी र दलित भनेर छुट्याएको पनि त्यही कमजोर बनाउँनको लागि जस्तो लाग्छ ।’ त्यस्तै उनले एक भएर आवाज नउठाउने हो भने राज्यले कुनैपनि समुदायका आवाज नसुन्ने बताइन् ।

‘जसपा पहिचानको लागि जन्मिएको पार्टी हो । संघर्ष गर्नुपर्छ तर त्यसको लागि संगठित हुनु आवश्यक हुन्छ । एकताबद्ध भएर आवाज उठाएन भने समस्याको सुनुवाई हुदैँन् ।’ उनले भनिन् ‘शिल्पी र दलित लेख्दैमा संगठित छ भन्ने बुझिदैँन्, पहिला के भनेर सम्बोधन गर्ने आफ्नो पहिचान बनाउँनु पर्छ । किनभने अहिले पनि तपाईहरुलाई विभाजित भएको देखिन्छ । ’ त्यस्तै पूर्व राजदूत डाक्टर निर्मल कुमार विश्वकर्माले, दलित मुक्तिको सवाल अधिकारका लागि मात्रै नभएर पहिचानका लागिसमेत भएको बताए ।

जनजातिको सहभागिता दलित मुक्तिको लागि आशातित हुन नसकेको उनको तर्क छ । ‘दलित मुक्तिको सवालमा अधिकारको मात्रै होईन् पहिचानको कुरा हो । पहिचानको आन्दोलनले अहिलेका हाम्रो आवश्यकता, प्राथमिकतालाई सम्बोधन गर्छ भन्ने कुनै ग्यारेन्टी छ । यसमा हामी सचेत हुनुपर्छ ।’ उनले भने ‘पहिचानको आन्दोलनमा दलितहरु एकजुट भएर लागेको छ तर जनजातीहरुको सहभागिता भने त्यती राम्रो देखिदैँन् ।’

उनले अधिकार निर्माणका लागि राजनीतिक शक्ति निर्माण जरुरी रहेको बताए । उनले भने ‘पहिचानविना राजनीतिक शक्ति निमार्ण गर्न सकिदैँन्, जबसम्म राजनीतिक शक्ति निमार्ण गर्न सकिदैँन् तबसम्म अधिकार सुनिश्चित गर्न सकिदैँन् । त्यसकारण हाम्रो पहिचान छ त्यसलाई खोजेर मात्रै हामी अगाडि बढ्नु पर्छ ।’
आफूहरुको पहिचान खोसिएको बताएका उनले आफूहरु हिन्दु धर्म भित्र नपर्ने तर्क गरे । ‘दलित नाम लिएर एउटा निश्चित स्थानमा पुगौ त्यसपछि अर्को पहिचानको लागि जानु पर्छ । हाम्रो पहिचान खोसिएको हो । ’ उनले भने ‘हामी हिन्दु धर्मभित्र पर्दैनौ यो कुरामा स्पष्ट हुनुपर्छ । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal