आज :

सदन खुलाउन बोलाएको बैठकको लागेन टुंगो: बैठक भोलि फेरि बस्ने

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन बोलाएको छलफल पनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेता सहभागि बैठकमा संसद खोल्ने विषयमा छलफल भएपनि निष्कर्षविहीन भएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँगको बैठकमा भोलि थप छलफलमा जुट्ने सहमति भएको उनको भनाई छ ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको दाबी गरेका उनले भने ‘भोलि बस्ने बैठकले यसलाई टुङग्याउछ र सदन चल्छ । सिआईबी सही ढंगले अगाडी बढेको छ । र सिआइबीले सहि ढंगले काम गर्छ भन्ने विस्वास गृहमन्त्रीले दिलाउनु भएको छ । भोलिको बैठकले के गर्ने भन्ने तय हुन्छ । ’

आजको बैठकमा एमालेले समितिको अडान राखेको थियो भने गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले जानकारी दिए । अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागगर्दै गएको साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal