आज :

विपदमा खट्ने जनशक्तिको सुरक्षामा सरकार गम्भीर बन्नु पर्ने सरोकारवालाको भनाई

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले, विपद्मा खट्ने जनशक्तिको सुरक्षाका लागि सरकार गम्भीर बन्न नसकेको बताएका छन् ।

आईतबार विश्व मानवीय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले, चौविसै घण्टा खट्ने सुरक्षा कर्मचारीको हितका लागि काम हुन नसकेको उनको भनाई छ ।

‘कोभिडको समयमा पनि हामीले धेरै स्वास्थ्य सेवकहरुलाई गुमाएका छौ । हाम्रो जुन सेवामा खट्ने मानिसहरुको सुरक्षाको व्यवस्था कसरी गर्ने आवश्यक सुरक्षाको ग्यारेन्टी हामीले दिन सकेको छैन् जस्तो लाग्छ । काम गरेको छ चौवीसै घण्टा तर उनिहरुको सुरक्षाको लागि केही गरिएको छैन् ।’ उनले भने ‘हामी वर्षभरिकै गर्न नसकेपनि मुख्य मुख्य समयमा बाढि पहिरोको समयमा मात्रै गर्न सके त्यसले हौसला दिन सक्छ । बचाउँ मिसनहरुमा जानु भएको हाम्रो गोताखोरहरुको कुरा गर्दा बीमाको कुरा आएको थियो त्यस्तो कुराहरु ध्यान दिनु पर्छ । ’

उनले गोताखोरलाई समेत बीमाको सुविधा दिन नसकिएको गुनासो गरे । त्यस्तै उनले विपद् संवादहरु गर्दै जाने हो भने त्यसबाट सुधारका लागि आवश्यक पूर्व तयारी गर्न सुझाव संकलनमा सहयोग पुग्ने विचार राखे ।

यस्तै, उक्त कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रुद्र सिंह तामाङले, व्यवहारिक ज्ञानहरु र मानवीय संवेदनाका कुराहरुलाई नयाँ पुस्ताहरुले कसरी हेरिरहेका छन् भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए ।

विपद्को कामलाई केन्द्रीकृत गरिएको भन्दै उनले यसले काममा समस्या हुन सक्ने बताए ।

उनले भने ‘हामी सिस्टममा कहिले पनि केही गर्दैनौ सबै मुखको भरमा आदेशको भरमा काम गर्ने र सबै केन्द्र बाटै गर्ने सानो दुर्घटना परेपनि केन्द्रमा जाने प्रवृत्ति छ । जिम्मेवारीहरु बाडफाड गर्दै जाने हो भने काम गर्न सहजीकरण हुन्छ । व्यवस्थित रुपमा काम भएन भने पनि पछि गएर डाटा लिदाँ समस्या हुन्छ । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal