आज :

चितवनमा ८ सवारी साधन आपसमा ठोक्किए : २० जना घाइते ८ जनाको अवस्था गम्भीर

  • अनलाइन डबली

काठमाडौं । चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट ना २ च ८४४६ नं.को शव बोकेर देवघाट तर्फ जादै गरेको बोलेरोलाई ठक्कर दिदाँ भएको दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा बा.प्र.०६–००१प ९९८१,बा.प्र.०३–००५प ९७, ,ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ को मोटरसाइकहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित आठ सवारी साधन एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्याले चितवनका डिएसपी विजय पण्डितले जानकारी दिए ।

दुर्घटनामा खैरहनी न.प.४ का कृष्ण बहादुर तामाङ, मकवानपुर हेटौडा उ.मा.न.पा.१४ बस्ने महोन तामाङ, खैरहनी न.पा.१ बस्ने जित बहादुर तामाङ, चितवन न.पा.१४ बस्ने कुसुम बहादुर राना, चितवन १४ बस्ने बर्ष सुरेश श्रेष्ठ,चितवन न.पा.९ बस्ने किशोर तामाङ र चितवन १४ बस्ने डोल बहादुर कार्की गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

यस्तै, चितवन न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा, बुद्धिराम तामाङ चितवन १६ बस्ने रेशम पोख्रले काठमाण्डौ गोकर्ण ४ बस्ने तारा श्रेष्ठ,चितवन १६ बस्ने दिल बहादुर घिसिङ,नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा, बोलेरोमा सवार दिवेश शाक्य,चितवन १४ कै आईतराम कामी, पुष्प तामाङ,कृष्ण लामा तथा चितवन ३ बस्ने गोपाल तामाङ र जिवन लामा र मोटरसाइकल चालक चितवन १४ का शंकर परियार घाइते भएका छन् ।

प्रहरीले दुर्घटना स्थलबाट बस चालक नवलपुर गैडाकोट न.पा.९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal