काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।
बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ।
कसरी हेर्ने ?
नतिजा विभिन्न साइटको साथै नेपाल टेलिकमको सिमबाट १६०१ मा फोन गरी सिम्बल नम्बर थिचेर वा एसएमएस मा गएर स्पेश हानेर सिम्बल नम्बर गरी १६०० मा पठाउन सकिनेछ । त्यस्तै, *१६००# डायल गरी निर्देशन अनुसार सिम्बल नम्बर थिचेर पनि नतिजाबारे जानकारी लिन सकिनेछ ।


अनलाइन डबली


