आज :

डा. सुमित्रा गौतमले बुझिन् रमाना, अटेर गर्दै महेश्वर श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौँ । भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले रमाना बुझेकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. सुमित्रालाई दरबन्दीमा फिर्ता हुन पत्राचार गरेको थियो ।

मन्त्रालयले असार १५ गते मन्त्रिस्तरिय निर्णय गरेर काज फिर्ता हुन पत्राचार गरेको थियो । सोमबारबाट लागु हुने गरी डा. सुमित्राले रमाना बुझेको भक्तपुर अस्पतालले जनाएको छ । “डा. सुमित्राले हामीलाई आफू दुई दिन बिदामा बस्ने भन्दै भन्नुभएको थियो तर आइतबार साँझ रमाना बुझेर जानुभएको छ” अस्पताल स्रोतले भन्यो ।

डा. सुमित्राको दरबन्दी भएको परोकार तथा प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा हो ।

त्यसैगरी वागमती स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भने अटेर गरेर गैरकानुनी काजमा बसिरहेका छन् । मन्त्रालयले असार २५ गते मन्त्रिस्तरिय निर्णय गरेर कोरोना महामारीको बेला कामकाजमा रहेका सम्पूर्ण कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा फिर्ता गर्न निर्णय गरेको थियो ।

तर, राजनीतिक पहुँचकै आधारमा यो समाचार तयार पार्दासम्म श्रेष्ठ निर्देशनालयको जिम्मेवारीमै रहेका छन् । यसअघि अनलाइन डबलीसँगको कुारकानीको क्रममा प्रमुख सचिव मुकुन्द निरौलाले श्रेष्ठलाई आफूहरुले नचिन्ने बताएका थिए ।

श्रेष्ठको दरबन्दी लुम्बिनी प्रदेश तालिम केन्द्रमा भएपनि विगत दुई वर्षदेखि निर्देशनालयको निर्देशकको रुपमा काम गरिरहेका छन् । स्वास्थ्य सेवा ऐनअनुसार अन्तर प्रदेश सरुवा वा काजमा पठाउने अधिकारी संघीय मामिला तथा सामान्वय मन्त्रालयललाई मात्रै छ । तर, तत्कालिन स्वास्थ्य मन्त्री विरोध खतिवडाले गैरकानूनी रुपमा श्रेष्ठलाई निर्देशनालयको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal