
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले मायादेवि मन्दिर जीर्णोद्वाराको लागि व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
शुक्रबार बसेको कोषको बैठकलमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि सो रकम घोषणा गरेका हुन् ।
कोषको बैठकले मन्दिरको जीर्णोद्वाराको लागि सरकार र दाताको सहयोग नलिने निर्णय समेत गरेको छ । उपाध्यक्ष लामाले बैठकमा मायादेवी मन्दिर जीर्णोद्धार कोष खडा गर्ने प्रस्ताव गरेका थिए ।
मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने अवस्थामा रहेको सार्वजनिक भएको थियो । मन्दिर भत्किन सक्ने जोखिम रहेकोले भन्दै कोष खडा गरेर जीर्णोद्धार गरिने र्बठकमा बताएका थिए ।
आजको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँमा राख्ने त्यसको लागि कार्यकारिणी समिति वा कोषको अर्को बैठकमा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ ।