
काठमाडौं । सरकारले गौर हत्याकाण्डको छानविन गर्ने सहमति गरेसँगै जनता समाजवादी पार्टीमा भूकम्प गएको छ । गृहमन्त्रालयले सरकार गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेको थियो । उक्ति सहमतिपछि जसपा ‘जो चोर उसैको ठूलो स्वर’ भनेझैं जसपा अत्तालिएको छ ।
शुक्रबार जसपाले औपचारिक रुपमा धारणा सार्वजनिक गर्दै गौर हत्याकाण्डको दोषी माओवादी नै भएको भन्दै माओवादी कार्यकर्ता र स्थानीयबीच झडप भएको बताएको छ ।
२०६३ चैत ७ गते भएको उक्त घटनामा जसपाका अध्यक्ष उपेन्द्र यादव मुख्य योजनाकार भएको भन्दै पीडितहरुले न्यायको लागि माग गरिरहेका छन् । उक्त घटनामा तत्कालिन मधेसी जनअधिकार फोरमले भारतबाट तालिम प्राप्त सुटर ल्याएर माओवादी कार्यकर्तामाथि हमला गरेको आरोप लाग्दै आएको छ । उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।
जसपाले आज निकालेको विज्ञप्ति विरोधाभाषपूर्ण छ । विज्ञप्तिमा जसपाका नेताहरु निर्दोष रहेको पनि बताइएको छ भने फसाउन खोजेर सहमति भएको भनिएको छ । जबकी सहमतिमा पीडितलाई न्याय दिने भनिएको छ ।
जसपाले उक्त घटनाको मुख्य दोषी माओवादी र तत्कालिन नेता प्रभु साह रहेको बताइएको छ । यदि जसपाले भनेकै सत्य हो भने किन रोइलो ? भन्ने माओवादी नेताहरुको प्रश्न छ ।
उक्त घटना सम्बन्धमा सरकारले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन गरेको थियो । उक्त छानबिन समितिले अध्ययन र अनुसन्धाको प्रतिवेदन सरकारलाई बुझाइएको थियो ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले अप्रिल २००७ मा अध्ययन र अनुसन्धान गरी आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेको उनले उल्लेख गरे ।