आज :

जनजातिको बहसलाई मुलुकले समयमा नै चिन्न सकेन : मन्त्री मोदी

  • अनलाइन डबली

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासान मन्त्री अमनलाल मोदीले मुलुकले जनजातिको बहसलाई समयमा नै चिन्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित २९ औं विश्व आदिवासी दिवस २०८० को अवसरमा मन्त्री मोदीले संविधान निर्माण गर्दै गर्दा पनि राज्य चुकेको बताए ।

मन्त्री मोदीले भने, “जतिबेला हामी संविधानसभा निमार्णको क्रममा थियौं, त्यतिबेला जनजातिहरु आफ्नो अधिकारको क्रममा बहस गर्दै थिए, त्यति बेला हामीले चिनेनौं । संविधान निमार्णको क्रममा बाख्राको गोठालो चितुवालाई बनाई दिएपछि बाख्रा खोजेर पाईँन्थ्यो र ?”

मन्त्री मोदीले सत्तामा र नेतृत्वमा हुनेहरुले बोलेर मात्र नहुने हरेक तवरबाट विभिन्न आदिवासी तथा जनजातिको हक अधिकारको निम्ति काम गर्नु पर्ने पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal