काठमाडौं । कैलाली र कञ्चनपुरका अधिकांश स्थानहरुमा भारी वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाका अनुसार नदी र खोलामा बाढी आउने र डुबान हुने खतरा रहेको छ ।
महाशाखाले मंगलवार राति अलर्ट जारी गर्दै कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ ।
खुटिया खोलाको मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । कञ्चनपुरको चौधर नदी दैजी जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको जनाइएको छ ।
महाशाखाले नदी तटीय क्षेत्रमा रहेकाहरू तथा डुबान भइरहने होचो भूभागमा रहेकाहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।