आज :

स्वास्थ्यका अटेरी कर्मचारीः काज फिर्ता हुनै मान्दैनन्, साउन १ गतेबाट तलव दिए प्रमुखबाट असुल गर्ने 

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारीहरु काज फिर्ता हुन अटेरी गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करोना महामारीको बेला कामजागमा पठाएका सम्पूर्ण कर्मचारीलाई फिर्ता हुन पत्रचार गर्दा समेत उनिहरु फिर्ता हुन मानिरहेका छैनन् ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा काजमा रहेका करिब ८ सय कर्मचारीलाई दरबन्दी भएकै स्थानमा फिर्ता हुन र गराउन तीनै तहका निकायलाई पत्र पठाएको थियो । तर, हालसम्म दरबन्दीमा फिर्ता हुन मानिरहेका छैनन् ।

यसैबीच स्वास्थ्य सेवा विभागले १ साउनदेखि काजका कर्मचारीलाई हाजिर गराएर तबल भुक्तानी दिएमा सम्बन्धित कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गर्ने चेतावनी दिएको छ । यही साउन १४ गते विभागको निर्देशनअनुसार फिर्ता नपठाएर हाजिर गर्न दिने र तलब भुक्तानी गर्ने कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट उक्त रकम असुलउपर गर्न लेखापरीक्षण गर्ने निकायलाई चेतावनी दिइएको छ ।

विभागले निर्णय कार्यान्वयन नगर्ने र नगराउने कर्मचारीलाई विभागीय कारवाही गर्ने समेत बताएको छ ।

स्वास्थ्य मन्त्रालयले असार १७ र २५ गते मन्त्रिस्तर निर्णय गरेर दोहोरो सहमति लिएर कामकाज गरिरहेका मातहतका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको थियो ।

त्यस्तै निर्णय बैशाख  २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र जारी गरेर काज फिर्ता हुन भनेको थियो ।

यही आधारमा विभागले काजमा बसेका कर्मचारीहरुलाई विदा, काज, पेश्की, इन्धन उपलब्ध नगराउने, हाजिरीसमेत बन्द गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal