काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको लागि धानकाे नयाँ समर्थन मूल्य ताेकेकाे छ । सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य ताेकेकाे छ ।
सरकारले कृषि मन्त्रालयकाे प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य ताेकेकाे हाे ।
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानकाे प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेकाे थियाे ।
यसअघि सरकारले समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्दै आएका थिए । किसान भने कम मूल्यमा बेच्न बाध्य थिए ।