आज :

आज राति १२ बजेबाट सरकारी कोषबाट भुक्तानी बन्द

  • अनलाइन डबली

काठमाडौं । आजबाट सरकारी कोषबाट रकम भुक्तानी बन्द भएको छ । चालु आर्थिक वर्षको लागि गर्ने सबै खालको भुक्तानी बन्द हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

महालेखाले आज राती १२ बजेबाट लागू हुनेगरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द रहने जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहको आर्थिक वर्ष समाप्त हुनु एक साता अघि निकासा भुक्तानी र प्रणाली समेत बन्द हुनेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ र २ बमोजिम संघिय कार्यालयहरूमा भुक्तानी बन्द हुनेछ भने प्रदेश र स्थानीय तहको हकमा सोही नियमको उपनियम ७ र ८ बमोजिम बन्द हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal