आज :

एमाले र रास्वपाका कारण मिटरब्याज पीडितले न्याय नपाउने ! रविको सामाजिक संजालमा चर्को विरोध

  • अनलाइन डबली
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिटरब्याजीको पक्षमा उभिएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गर्ने र अध्यादेश निष्क्रिय बनाउने योजनामा रास्वापा पनि सहभागी भएको छ ।

एमाले र रास्वपा मिलेर वर्षाैपछि पीडितले न्याय पाउनै लाग्दा समेत रोकेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउने अधिकार सबैलाई थियो तर एमालेले योजनावद्ध रुपमा मिटरब्याज पीडितलाई न्याय दिन ल्याएको अध्यादेश निष्क्रिबनाएको छ ।

एमालेले संघीय संसदका दुबै सदन अवरुद्ध गरेपछि संवैधानिक व्यवस्था अनुसार अध्यादेश ६० दिनभित्र अध्यादेश संसदबाट अनुमोदन हुन सकेन ।

‘के निहु पाऊँ कनिका बुकाऊँ’ भन्ने नेपाली उखानझैं एमाले र रास्वपाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर मिटरब्याजी कानुनी दायरामा ल्याउन रोकेको छ । सरकारले अध्यादेश ल्याएपछि मिटरब्याज सम्बन्धी समस्या समाधान हुन लागेको थियो ।

सरकारले अध्यादेश ल्याएपछि सबैभन्दा धेरै मिटरब्याजी एमालेकै भएको चर्चा हुन थालेको थियो । तर, एमालेले कुनै बहाना नपाएकोले विरोध गर्न सकेको थिएन । एमालेले प्रधानमन्त्रीको अ‍भिव्यक्तिलाई अध्यादेश असफल पार्ने उपायको रुपमा प्रयोग गरेको छ ।

मिटर व्याज पीडितलाईप्रधानमन्त्रीको राजनीतिक अभिव्यक्तिसँग भन्दा पनि आफ्ना पीडा ठूलो हो ।

एमाले र रास्वपाले विरोध जारी राखेपछि सभामुख घिमिरले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए । पुनः बस्न नसकेपछि संसद बैठक नै आजसम्मका लागि स्थगित गरिएको थिइव ।

एमाले र रास्वपाका कारण मिटरब्याज पीडितले न्याय पाउने सम्भावना फेरि टरेको छ । सरकारले यही अध्यादेशमा भएका प्रावधानमा आधारित रहेर पीडितका उजुरी सङ्कलन गरेर दोषीलाई कडा कारबाहीको तयारी गरेकोमा फेरि कानुनी अड्चन देखिने भएको छ ।

यसैबीच सडकमा पीडितको पक्षमा बोलेका रवि लामिछानेको विरोध सुरु भएको छ । पीडितलाई न्याय पाउनै लाग्दा पीडिकलाई सहयोग पुग्ने गरी एमालेको साथमा उभिएपछि सामाजिक संजालमा उनको विरोध भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal