भक्तपुर।सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र बिस्केट (बिस्काः) जात्रा आज साँझबाट सुरु हुँदैछ।
आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो। सोमबार आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रहेको छ। जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ।
साे रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ। तौमदिमा चैत मसान्तका दिन नागपताकासहितको लिङो उथादै जात्रा ८ दिन ९ रात मनाइने जात्रा नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालिमा बिस्का जात्रा मनाउने किम्व्दन्ति रहेकोछ् l
टौमढीबाट हिटी पुर्याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ।
लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गते मा ख्यमा नागपात सहित ठढ्याईएको योसिं ढाली समापन गरिने प्रचलन रहेको छ।