आज :

पुनः राष्ट्रपतिको चुनावको लड्ने योजनामा रहेका ट्रम्पलाई लाग्यो गम्भीर धक्का, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । सन् २०२४ हुने चुनावमा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने डोनाल्ड ट्रम्पको योजनामाथि गम्भीर धक्का लागेको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाईको कम्पनी करछली र आर्थिक अपराधमा दोषी ठहरिएसँगै यो धक्का लागेको हो ।

न्यूयोर्कको एक अदालतले विवादित ट्रम्पको द ट्रम्प अर्गनाइजेसन १७ अभियोगमा दोषी ठहर गरेको छ । उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए । जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश थिए।

उक्त कम्पनीले दश वर्षभन्दा बढी समयदेखि ट्रम्पलाई अपारदर्शी ढङ्गले मुनाफा दिएकोमा दोषी पाइएको फैसालमा उल्लेख भएको बताइएको छ ।

अभियोजनकर्ताहरूले ट्रम्पले कार्यकारी पदमा हुँदा पनि कर छलीमा मन्जुरी दिएको स्पष्टसँग देखिएको आरोप लगाएका थिए। त्यस्तो अभियोगले ट्रम्पलाई आगामी चुनावमा उठ्न समेत नपाउने हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

उक्त फैसला बदलाको नियतले भएको भन्दै ट्रम्पले पुनरावेदन गरिने बताएका छन् । उक्त फैसलाले आफू निराश भएको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

बीबीसीका अनुसार कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्कहरू रहेको अभियोजनकर्ताहरूले बताएका छन्। उनीहरूको तलब कम तय गरिँदा त्यसले व्यवसायले तिर्नुपर्ने कर कम गर्छ।

उक्त कम्पनीले १६ लाख अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ भने उसले भविष्यमा ऋण सुनिश्चित गर्न र लगानी गर्न समेत कठिनाइ सामना गर्न सक्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal