आज :

युनिग्लोब कलेजद्वारा स्वास्थ्य शिविरको आयोजना (भिडियोसहित)

  • पवित्रा दाहाल

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजले १ दिने स्वास्थ्य शिविर संचालन गरेको छ । युनिग्लोब सेन्टर फर सोसल प्रोग्रामले शुक्रबार कलेज प्राङ्गणमा रक्तदानसहित ७ वटा शिविर संचालन गरिएको प्रोग्रामका उपाध्यक्ष आशिष कुशवाहले जानकारी दिए ।

तीन वर्षदेखि निरन्तर भइरहेको सो शिविरमा यस बर्ष उल्लेख्य विद्यार्थीहरुको सहभागिता रहेको छ । विहान ८ बजेबाट सुरु भएको सो शिविरमा झण्डै ३ सय जतिले रक्तदान गरेको र स्वास्थ्य शिविर गरी ८ सय जतिले स्वास्थ्य चेकजाँच गरेको कुशवाहले बताए ।
शिविरमा आँखा, स्किन केयर, डेन्टल, फिजियोथेरापी, मनोवैज्ञानिक परामर्श र जनरल चेकअप गरिएका थियो ।


किसिमको कर्यक्रमले विद्यार्थी तथा अभिभावकमा स्वास्थ्य परीक्षणमा जनचेतानको बढावा हुने तथा व्यवसायीक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने सो कार्यक्रमका कार्यकारी सदस्य तथा बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत रोहन दासको विश्वास छ ।


स्वास्थ्य शिविरलाई कलेजका कार्यकारी निर्देशक डा.गंगाधर दाहाल, एमबीए कार्यक्रम निर्देशक दिवाकर विष्ट, फाइनान्स प्रमुख मिनबहादुर विष्ट, विभागिय प्रमुख मोहन दाहाल र बीबीएबीआई कार्यक्रम संयोजक प्रणय श्रेष्ठलगायतले संयुक्तरुपमा रक्तदान गरेर उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal