काठमाडौं । आज संसारका माओवादीहरुले चिनियाँ महान् चिनियाँ नेता माओत्से तुङ को जन्म जयन्ती मनाइरहेका छन् । चीनले विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । चीनले सैन्य अभ्यास तथा शक्ति प्रदर्शन समेत गरेको छ ।
यसैक्रममा चिनियाँ लडाकू विमानहरु ताइवानी समुद्री क्षेत्रमा प्रवेश गरेका छन् । ताइवानको रक्षा मन्त्रालयका अनुसार अहिलेसम्म ७१ चिनियाँ विमान आफ्नो सामुद्रिक क्षेत्रमा देखिएको बताएको छ ।
यस घटनामा चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जनाएको छ । चीनले पनि ताइवान र अमेरिकाको उत्तेजक कदमका कारण यी अभ्यासहरू भएको बताएको छ ।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ । यस्तै, ताइवान चीनको यो दाबी खारेज गर्छ । ताइवानले यी अभ्यासहरूले चीनले क्षेत्रीय शान्तिमा खलल पारेर ताइवानी जनतालाई डराउन खोजेको भनेर पुष्टि गरेको बताएको छ ।
ताइवानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाका सातवटा जहाज पनि ताइवान नजिकै देखिएको बताएको छ । रक्षा मन्त्रालयले चिनियाँ लडाकू विमान देखेपछि ताइवानका लडाकू विमानहरूले उनीहरूलाई चेतावनी दिएको बताएको छ । यतिबेला मिसाइल सिस्टम्सलाई तयार राखिएको थियो ।