आज :

फिफा विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको खुलासा, कतारद्वारा स्विकारोक्ति

  • अनलाइन डबली

काठमाडौँ । फिफा विश्वकपको आयोजकका एक उच्च अधिकारीले विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका छन् ।

कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आँकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो ।

अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो कुरा स्वीकार गरेका छन् ।

थावाडीले भने, ‘यो सङ्ख्या करिब चार सयदेखि पाँच सयको बीचमा छ । मसँग यकिन सङ्ख्या छैन, तर छलफल भइसकेको छ । तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै नै बढी हो ।’

थावाडीका अनुसार मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् ।

यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएको थियो । यससँगै कतारले हृदयघातजस्ता कारणले उनीहरुको मृत्यु भएको बताउँदै आएको छ ।

सन् २०१० मा विश्वकप फुटबल आयोजनाका लागि अनुमति पाएपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको छ । यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिन्छ किनभने यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal