आज :

अमेरिका पनि सुरक्षित छैनः पुटिन

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनले अमेरिका पनि सुरक्षित नभएको बताएका छन् । पुटिनले मस्कोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चेतावनीको शैलीमा अमेरिका पनि सुरक्षित नभएको बताए । पुटिनले परमाणु अभ्यास गरेको केही घण्टामा अमेरिकालाई चेतावनी दिएका हुन् ।

अमेरिका, नेटो र उसका सहयोगी देशहरुले युक्रेनमा डर्टी गेम खेलिरहेको पुटिनले बताए । डर्टी गेम रक्तपातपूर्ण हुने समेत पुटिनले बताएका छन् । युक्रेनलाई नयाँ हतियार नासम पठाएपछि रुस आक्रोसि भएको छ र उसले अमेरिकाले घ्यू थपेको बताउँदै आएको छ । पश्चिमा देश एकातिर र रुस अर्कोतिर भएर युक्रेनमा शक्ति देखाइरहेका छन् ।

वलडाई फोरमको वार्षिक कार्यक्रममा बोल्दै पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरिरहेको बताए । पुटिनले भने, ‘रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे हामीले कहिल्यै अगाडि बढेर केही भनेको छैन । हामीले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएका छौँ।’ पुटिनले आफूहरुले कहिल्यै पनि अग्रसर भएर रुसको सम्भावित परमाणुअस्त्र प्रयोगबारे केही भनेका बताउँदै पश्चिमा देशका नेताहरूले दिएको प्रतिक्रियाका कारणमा केही सङ्केतहरूमात्रै दिएको बताए ।

पुटिनले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरानक अवस्थामा पुगेको समेत बताउँदै अब विश्व एक ध्रुबिय प्रणालीबाट चल्न नसक्ने बताए । यो भनेको सरासर अमेरिकालाई ठाडो चुनौती हो । पुटिनले पश्चिमा देशहरुले रुसलाई विश्वबाट एक्ल्याउन परमाणु हतियार प्रयोगलाई ब्ल्याकमेलिक गरिरहेको समेत बताएका छन् ।

आफूहरुले युक्रेन विरुद्ध परमाणु हतियार प्रयोग गर्न आवश्यक नभएको बताउँदै पुटिनले पश्चिमा तथा नेटोको जवाफ मात्रै फर्काएको दाबी समेत गरे । अमेरिका, नेटो र बेलायतले उपनिवेशवादी प्रवृति कायम राख्ने र विश्वलाई आफ्नो प्रभुत्व लाद्न अझै प्रयास गरिरहेको पुटिनले बताए । उनले भविष्यका बारेमा रुससँग संवाद गर्नुको विकल्प कसैसँग नभएको बताए । उनले अमेरीकाले डलरलाई हतियारको रुपमा प्रयोग गरेको भन्दै डिडलराईजेसनका बारेमा पनि वुद्धिजीवीहरुको ध्यानाकर्षण गराए ।

युक्रेनले डर्टी बम प्रयोग गरेपनि रुसले अझै परमाणु हतियार प्रयोगलाई अस्वीकार गर्दै आएको छ । पुटिनको पछिल्लो अभिव्यक्तिले रुस परमाणु हतियार प्रयोगको चरणमा नपुगेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal