आज :

सीसीपीको २० औं महाधिवेशनः सीले भने– विदेशीले धम्क्याउन खोजे टाउकोमै प्रहार गर्छौं

  • अनलाइन डबली

काठमाडौँ । आजबाट चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन सुरु भएको छ । सात दिनसम्म चल्ने सम्मेलन ग्रेट हल अफ पिपुल्समा सुरु भएको हो । पहिलो दिन सीसीपीका महासचिव सी चिनफिङले सम्बोधन गरेका छन् । एक विशेष समारोहको आयोजना गरी सम्मेलनको उद्घाटन गरिएको थियो । सैन्य, कलाकारले विशेष प्रस्तुती प्रस्तुत गरेका थिए । उद्घाटन समारोहमा ७० हजार कम्युनिस्ट नेता कार्यकर्ता तथा सदस्यहरुको सहभागीता रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । सम्मेलनले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व चयनसँगै महत्वपूर्ण निर्णय गर्नेछ ।

उद्घाटन मन्तव्यको क्रममा सीले विदेशी शक्तिहरुले आफूहरुलाई धम्क्याउन खोजे टाउकोमै प्रहार गर्ने चेतावनी समेत दिए । सीले अमेरिकालाई लक्षित गर्दै सो चेतावनी दिएको बताइएको छ । सीले ताइवानलाई बल प्रयोग गररै भएपनि नियन्त्रणमा राख्ने चेतावनी समेत दिँदै चीनको पुनर्एकीकरण गरिछाड्ने प्रतिबद्धता समेत जनाए ।

“हामी पृथकतावादी आन्दोलन रोक्न हामी आवश्यक सबै उपायहरू अपनाउने छौं । त्यसका लागि बल प्रयोग गर्ने कुरालाई त्याग्ने छैनौं” सीले भने । उनले ताइवान समस्या समाधान गर्न पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने र राष्ट्रलाई एकताबद्ध बनाइराख्न सबै प्रतिबद्ध रहनुपर्ने बताए । उनले ताइवानका नागरिकसँग आर्थिक र सांस्कृतिम आदान प्रदानलाई कायम राख्दै त्यहाँका नागरिकलाई सम्मानजनक ढंगले व्यवहार गरिने बताए ।

राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर पश्चिमा मुलुकहरूबाट भइरहेका गतिविधिलाई संकेत गर्दै ताइवान चिनियाँ जनता आफैंले निर्णय गर्ने विषय भएको बताए ।

महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी महासचिव सीले गरेको पौने दुई घण्टा लामो सम्बोधन गरेका थिए । उनले पाँच वर्षमा प्राप्त उपलब्धी र आगामी पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त पेस गरेका छन् ।

सीले तेस्रो कार्यकाल समाल्ने निश्चित जस्तै छ । त्यसको लागि यसअघि नै पार्टीको विधान संशोधन भइसकेको छ । महाधिवेशनले स्थायी समिति र पोलिट्ब्यूरो पनि चयन गर्नेछ । महाधिवेशनले पार्टीको कामको मूल्यांकन हुनेछ भने आगामी पाँच वर्षको रूपरेखा पनि तयार पारिन्छ । बैठक प्रायस सधैँ शरद ऋतुमा हुन्छ ।

महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका २३०० वरिष्ठ पार्टी सदस्यहरू सहभागी भएका छन् । उनीहरुले चीनभरका करोडौं पार्टी सदस्यको प्रतिनिधित्व गर्छन् । उपस्थितमध्ये २०० जना केन्द्रीय समिति सदस्यसँग मतदान अधिकार हुन्छ भने अन्य १७० वैकल्पिक सदस्य पनि उपस्थित हुन्छन् । केन्द्रीय समितिसँग २५ सदस्यीय पोलिटब्युरो चयन गर्नेछ । पोलिटब्युरोका सातजना स्थायी समिति चयन गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal