आज :

चार क्षेत्र विलय गराएलगत्तै रुसी सेनाले खारकिभ कब्जा गर्न ठूलो हमला गर्यो, हालै बनेका ट्यांकसहित रुसी सेना अघि बढ्यो

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका पूर्वी र दक्षिणका चार क्षेत्र रुससँग गाभेको औपचारिक घोषणासँगै रुसी सेनाले खारकिभमा पनि हमला तेज बनाएको छ । रुसी सेना विश्वकै शक्तिशाली मानिएको टी–ट्यांकसहित खारकिभमा तैनाथ भएको छ । खारकिभमा रहेको युक्रेनी फौजलाई रुसी सेनाले लखेटेको रुसी संचारमाध्यमहरुले बताएका छन् । रुसले अहिलेसम्म युक्रेनमा २० औंं शताब्दीमा बनेका हतियार मात्रै प्रयोग गरेको र खारकिभमा भने २१ औं शताब्दीमा बनेको ट्यांक उतारेको छ ।

केही दिन पहिले मात्रै युक्रेनको रक्षा मन्त्रालयले रुसले ५० देखि एक सय वर्ष पुराना हतियार प्रयोग गरेको बताउँदै आफ्नो नयाँ हतियारसँग पराजित हुन दाबी गरेको थियो । त्यसको लगत्तै रुसले २१ औं शताब्दीमा बनेका हतियार खारकिभमा प्रयोग गरेको छ । रुसका टी–ट्यांकको आर्माटा नाम दिइएको छ । टी–१४ ट्यांक गती ८० किलोमिटिर प्रतिघण्टा गुड्न सक्छ भने यसको तौल ५५ टन रहेको छ । यसले एक मिनेटमा १० सकेन्डमा १२ राउन्ड गोला बर्षाउछ ।

रिमोर्ट कन्ट्रोलबाट चल्ने यो ट्यांक रुसको सर्वशक्तिमान ट्यांक मानिन्छ । विश्वको सबैभन्दा घातक पनि यही ट्यांकलाई मानिन्छ । रुसले रिमोर्टबाट चल्ने ट्यांक मैदानमा उतारेपछि क्षति कम हुने अनुमान गरिएको छ । रुसी सेनाले यसअघि टी–८०, टी ८४, टी ९० र टी ९१ ट्यांक युक्रेन पठाएको थियो । यी सबै २० औं शताब्दीमा निर्माण भएका थिए । यी ट्यांकले अपेक्षित सफलता हासिल गर्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसी सेना एन्टी एयरक्राप्ट मिसाइलसहित खारकिभ पुगेको छ । रिमोट कन्ट्रोलबाट चल्ने ट्यांक दुनियाको सबैभन्दा घातक ट्यांक मानिन्छ । रुसी सेना खारकिभमा फेरि अघि बढेपछि रुसले युक्रेनका अन्य भूभाग पनि कब्जा गर्ने रणनीति बनाएको रक्षा विज्ञहरु बताउँछन् ।

पाँच दिन लगाएर गरिएको जनमत संग्रहमा व्यक्त मतलाई सम्मान गरेको भन्दै युक्रेनका लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेरसन रुसले आफ्नो भूमिमा गाभगेको घोषणा गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चार क्षेत्र रुसमा गाभिएको घोषणा पत्रमा हस्ताक्षर गरेका छन् भने चारवटै क्षेत्रका नेताहरुले पनि हस्ताक्षर गरेका छन् । रुसले युक्रेनमा थप पठाउन लागेको सैनिक नपुग्दै लडाइँ भिषण भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal