आज :

युक्रेनका चार क्षेत्र रुससँग गाभिएको पुटिनले घोषणा गरेसँगै खुशीयाली

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्र रुससँग गाभिएको घोषणा गरेसँगै खुशीयाली मनाइएको छ । रुसी संचारमाध्यमहरुका अनुसार मस्कोमा शुक्रबार एक विशेष समारोहमा पुटिनले युक्रेनका लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेरसन रुससँग गाभिएको घोषणा गरिएको छ ।

शुक्रवार क्रेमलिनको सेन्ट जोर्जेज हलमा राष्ट्रपति पुटिनले मस्कोमा विशेष समारोहमा पुटिनले घोषणा गरेसँगै चारै क्षेत्रका नागरिकले खुशीयाली मनाएका थिए । उक्त समारोहमा घोषणापत्रमा चारै क्षेत्रका नेताहरुले हस्ताक्ष गरेका थिए । पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भू–भागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन् ।

पश्चिमा देशको विरोध संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसको युक्रेनका क्षेत्रहरू गाभ्ने रुसी योजनाको निन्दा गरेका थिए । यसैबीच, युरोपेली सङ्घअन्तर्गतका देशहरूले रुसको कदमको स्पष्ट रुपमा निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । युक्रेनी भूभागलाई आफूमा गाभ्ने रुसको कदमलाई उनीहरूले गैरकानुनी भनेका छन् ।

एउटा संयुक्त विज्ञप्तिमा ईयूका नेताहरूले त्यसरी गाभिएको क्षेत्रको पहिचान कहिल्यै नगरिने बताएका हुन् । उनीहरूले रुसको त्यस्तो कार्यले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको बताएको बीबीसीले जनाएको छ । युक्रेनसँगको ऐक्यबद्धता पनि उनीहरूले दोहो¥याएका छन् । रुसको परमाणु धम्कीले आफूहरूको सङ्कल्प नडग्मगिने पनि उनीहरूले बताएका छन् ।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले पुटिनको कदमले केही पनि परिवर्तन नगरेको बताइन् । युक्रेनले पनि आफ्नो कब्जा गरिएका क्षेत्र फिर्ता गर्नका लागि सङ्घर्ष निरन्तर राख्ने जनाएको छ ।

पश्चिमा देशहरुले विरोध जनाएपनि रुसले भने अब ती क्षेत्र रुसको भूभाग भइसकेको र त्यहाँ कसैले पाइला टेक्ने प्रयास गरे युद्धको घोषणा गर्ने चेतावनी दिएको छ । रुसले ती क्षेत्रका जनताका मतको सम्मान गरेको बताउँदै आएको छ । पाँच दिनसम्म भएको जनमत संग्रहमा ९९ प्रतिशत नागरिकले रुससँग गाभिने पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal