आज :

युक्रेनलाई सहयोगी गर्नेमाथि हाइपरसोनिक मिसाइल प्रहार ग‍र्ने रुसको चेतावनी, पहिलो नम्बरमा बेलायत

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनलाई सैन्य सहयोग गरिरहेका देशहरुमाथि हमला गर्ने रुसले चेतावनी दिएका छन् । पश्चिमा देशहरुले अस्त्र र जनशक्ति पठाएकै कारण युक्रेनमाथिको सैन्य कारवाही लम्बिएको रुसले बताएको छ । युद्ध लम्बिएपनि आफ्नो मिसन पूरा गरेरै छोड्ने रुसी अधिकारीहरुले बताएको सरकारी संचारमाध्यमले बताएका छन् ।

रुसी सेनाका एक कमाण्डरले युक्रेनलाई सहयोग गर्ने देशहरुमा हमला हुन सक्ने बताएका छन् । सरकारी संचारमाध्यमको एक बहस कार्यक्रममा रुसी सेनाका कमाण्डर एन्ड्री गुरुलेवले सरकारी संचारमाध्यमा बोल्दै युक्रेनमाथि सहयोग जारी राखे कुनै बेला पनि ती देशहरुमाथि हमला हुन सक्ने चेतावनी दिएका छन् । उनको चेतावनीलाई रुसकै चेतावनीको रुपमा हेरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

उच्च सैन्य कमाण्डर गुरुलेवले युक्रेनलाई बेलायतले अझै सहयोग जारी राखेको बताउँदै हमला गर्ने चेतावनी दिएका छन् । उनले आफूहरुको हमलाबाट बच्न बेलायतसँग कुनै उपाय नभएको समेत चेतावनी दिए । उनले भने, “ब्रिटेनसँग हाम्रो हाइपरसोनिक मिसाइलबाट बच्ने कुनै बाटो छैन । ब्रिटेनले युक्रेनलाई गरिरहेको सहयोगलाई नजिकबाट हेरिरहेका छौं । यही अवस्था हो भने हामीले केही हाइपरसोनिक मिसाइल खर्च गर्न बाध्य हुनेछौं ।” त्यस्तै, उनले फ्रान्स र जर्मनीमा पनि हमला गर्ने चेतावनी दिएका छन् ।

बेलायतका कामचलाउ प्रधानमन्त्री बोरिस जोनसन आफै दुई पटक युक्रेन पुगेर युक्रेनलाई सैन्य र अस्त्रको सहयोग गर्दै आएका छन् । उनले रुसलाई हराउन आफूले अन्तिम समयसम्म साथ दिने समेत बताए ।

जोनसनले युक्रेनबारे लिएको नीतिपछि देशमा उनिविरुद्ध चौतर्फी विरोध भएको थियो । उनकै पार्टीले पनि राजिनामा माग्न थालेपछि राजिनामा दिन बाध्य भएका थिए । विश्वसको मत पाएको केही समय भएको थियो । तर, युक्रेन घटनाबारे जोनसनले चालेको कदमपछि उनी अल्पमतमा परेका थिए । त्यसपछि नैतिक हिसाबले पनि राजिनामा दिन जोनसन बाध्य भएका थिए ।

रुसले ग्यास र अन्न निर्यातलाई कटौती गरेसँगै बेलायतमा महंगी बढेको थियो । त्यो दोष पनि जोनसनकै टाउकोमाथि थोपरिएको थियो । उनकै कारण रुसले कडा कदम चालेको भन्दै विरोध प्रदर्शन समेत भएका थिए । जर्मनी सरकारले पनि युक्रेनलाई निरन्तरत सहयोग जारी राखेपछि रुस आक्रोसित भएको छ । रुसले बाल्टिक सागर हुँदै युरोप ल्याइएको ग्यास पाइपलाइन पनि रुसले बन्द गरेको छ । यसले युरोपमा हाहाकार मच्चिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal