आज :

यी पाइलटले चोरेको जहाज घन्टौं उडाए, जब दुर्घटना गराइदिने धम्की दिए त्यसपछि…

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ ।

सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए ।

‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन् । चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे ।

बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो । प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन् ।

यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागरिकहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । त्यस्तै सबै आपत्कालीन सेवालाई तयारी अवस्थामा राखिएको थियो ।

स्थानीय पत्रिका डेली जर्नलले उक्त विमानका पाइलट टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal