आज :

आज तीजः १४ बर्षपछि पशुपतिनाथ मन्दिरका पूर्वी ढोका दिनभर खुला 

  • अनलाइन डबली

काठमाडौं । आज नेपाली हिन्दू महिलाहरुले तीज मनाउँदैछन् । देशभरका शिवालयमा महिलाहरुको भीड लागेको छ । तीजको अवसरमा पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिने कोषले जनाएको छ । यसअघि यो ढोका शिवरात्रिका बेला केहीबेर खुलाइएको थियो ।

पशुपतिनाथको पूर्वी ढोका १४ बर्षपछि पहिलो पटक खुला गरिएको छ । २०६५ सालपछि पहिलोपटक दिनभरिका लागि खोलिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो ।

कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीका अनुसार यस वर्ष कोटेश्वर–तीनकुने -सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । तेस्रो लाइन गौशाला–पिङ्गलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । लाइनै पिच्छे स्वयम्सेवक परिचालन हुनेछन् ।

मूल मन्दिरभित्र भने महिला सुरक्षाकर्मी र महिला स्वयम्सेवक मात्रै खटिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले भक्तजनले सजिलै पशुपति मन्दिरको दर्शन गर्न पाएका छन् । अहिलेसम्म लामाे लाइन लागेकाे छैन ।

दिउँसोको समयमा भने भिड अझ बढ्न सक्ने भएकाले त्यही अनुसारको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भक्तजनको स्वास्थ्यलाई ख्याल गर्दै पशुपति परिसरमा स्वास्थ्य शिविर पनि राखिएको छ । यस्तै, ठाउँ ठाउँमा पानी, जुस लगायतको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal