आज :

चेल्सीले लेस्टर सिटीलाई हरायो, प्यालेस म्यानचेस्टर सिटीले क्रिस्टलसँग ४–२ गोलले पराजित

  • अनलाइन डबली

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो ।

चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो ।

कोनर गलाघेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

त्यसैगरी इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोलले पराजित गरेको हो।

सिटी घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर जित्न सफल भयो । उसका लागि एक गोल बर्नाडो सिल्भाले गरे । क्रिस्टल प्यालेसका लागि जोआचिम एन्डरसनले गोल गरे भने एक गोल उपहार पाएको थियो । जितसँगै सिटीको चार खेलमा १० अङ्क भएको छ । सिटी दोस्रो स्थानमा छ ।

गएराति भएका अरु खेलमा ब्रेन्टफोर्ड र एभर्टनले एक/एक गोलको बराबरी खेलेका छन् । ब्राइटनले लिड्स युनाइटेडलाई १–० गोलले हराएको छ । त्यसअघि हिजो भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ।

उता लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै पहिलो जित निकालेको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलका रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे ।

यस्तै हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, भर्जिल भान डाइक, फावियो कार्भाल्होले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । यसअघि लिभरपुलले दुई खेल बराबरी खेल्दा एकमा हार बेहोरेको थियो। लिभरपुलको ४ खेलमा ५ अङ्क भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal