आज :

अपूर्व क्षितिजलाइ कानुनि कारवाही हुनै पर्ने नेवा: अभियानताको माग, मुद्दा दाएर गर्ने तैयारी

  • अनलाइन डबली

नेवाः समुदायलाइ अपमान गरेको आरोप लागेका कमेडियन अपूर्व क्षितिजलाइ कानुनि कारवाही गर्नु पर्ने नेवा:  अभियानताले आफ्नो अडान कायेमै राखेका छन्  ।

नेवाः समुदायका अभियान्ताहरुले आज  काठमाडौँ महानगरीय परिसरमा जाहेरी दिए पछी अपुर्वले सामाजिक संजाल मार्फत माफी मागेको भिडियो पोस्ट गरे पश्चात पनि अभियानताले कानुनि कारवाही गरेरै छाड्ने अडान कायम राखेका हुन् ।

क्षितिजले नेवाः समुदायलाई लिएर गरेको हाँस्य प्रस्तुतीबाट नेवा: समुदायको आस्था माथि ठेस पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ । २४ घण्टा भित्र क्षितिजलाई पक्राउ नगरे भोलि आइबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने तयारि रहेको अभियान्ता यादवलाल कायेष्थले जानकारी दिएका छन् । कायेष्ठले भने ‘ कुनै पनि जाति धर्म , समुदायलाइ लक्षित् गरि अपमानित अभिव्यक्ति मान्य हुने छैन । यो दुब्य्बहार हो , उहाले आफुले गल्ति भयो , अध्यन भएन वा ग्यान भएन भनेर माफी माग्दैमा छोड्न सकिदैन । ’

अर्का अभियानता सैलेश शाक्यले भने ‘ बिगत विभिन्न समएमा नेवा : समुदाय प्रति गालि , दुर्ब्यबहार र अपमान गर्ने जस्ता किर्यकलाप हुदा सदासयता देखाइ क्षमा गरियो तर पटक पटक दोहरिने यस किसिमका गतिविधिलाइ कानुनी कारवाहीले नै पुनः देहारिन नदिने मैले ठानेको छु । ’
नेवाः समुदायको आस्था, बोलीचाली, रहनसहन र खानाका परिकारलाई लिएर गरिएको मजाकले नेवा समुदायलाई आघात पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ ।

आज सार्वजनिक विदा भएका कारण जाहेरी दर्ता नहुने भनिए पनि नेवाः अभियान्ताहरुको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेको अभियान्ताहरुले जानकारी दिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal