आज :

कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी

  • अनलाइन डबली

काठमाडौँ । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।

शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्। सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो।

नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो। जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ।

सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्।

सिंहले भनेका छन्, ‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ। नेवारी टोन। क्या मिठ्ठो गरी बोल्छन् नि नेवारहरू। त भन्नै सक्दैनन्। त लाई ट भन्छन्। क्या मजाको सुनिन्छ नि। त भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको?’

यस्तै नेवा समुदायका महिलाहरूप्रति लक्षित गरेर पनि व्यंग्य गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। विरोध भएपछि युट्युबबाट सो भिडिओ समेत हटाइसकिएको छ। सिंहले फेसबुकमार्फत् माफी समेत मागेका छन्।

आफ्नो मनसाय कसैलाई पनि चोट पुर्‍याउने नभएको र हसाँउनेमात्रै भएको उनले बताएका छन्। अभियन्ता सुमन सायमीले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

‘आज हाम्रो समुदायमाथि प्रहार गर्यो। भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला। यसले सामुदायिक सद्भाव भत्काउँछ,’ उनले भने, ‘तीन वटै जिल्लाका मानिसहरू यहाँ आइपुगेका छन्। हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ। उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ।’

उनका अनुसार शनिबार नै प्रहरीले उनीविरूद्ध प्रहरीमा जाहेरी दिएका छन्। तर शनिबार भएको कारण प्रहरीले जाहेरी दर्ता गरेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसमा निवेदन परेको भए कारबाही गरिने बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal