आज :

रोमानियाको अस्थायी मिसन काठमाडौंमा खुल्यो, अब दिल्ली जानुनपर्ने

  • अनलाइन डबली

रोमानिया जाने कामदारको सहजताका लागि काठमाडौंमा अस्थायी रोमानिया मिसन स्थापना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो ।

रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भिषा प्रकृयालाई सरल, सहज र पहुँच योग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो ।

यसअघि रोमानिया जाने नेपालीहरूले भारतमा रहेको रोमानियन दूतावासमा जानुपर्ने बाध्यता थियो । रोमानियाबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि मात्रै भीसा प्राप्तिका लागि दिल्ली गएर आवेदन दिनुपर्ने बाध्यता थियो ।

यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेका रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपालीको भिषा आवेदन प्रकृयाको सहजीकरण गर्नेछ । रोमानियन मिसनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ ।

नेपालबाट रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपालीले रोमानियन मिसनले तोकेको भिषा शुल्कबाहेक अन्यत्र कतै पनि रकम नबुझाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

रोमानियन अधिकारीहरूसँग चिनजान छ भनी वा कुनै प्रलोभनमा पार्ने कार्य गरेको खण्डमा प्रचलित कानून अनुसार कारवाही गरिने समेत चेतावनी दिएको छ ।

गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी सूचना दिन मन्त्रालयले आह्वान गरेको छ । सूचना दिने व्यक्तिको पहिचान भने पूर्ण रुपमा गोप्य राखिने समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal