आज :

काठमाडौँको काँडाघारीबाट यस्तो अवस्थामा पक्राउ परे ८ जना

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।

दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।

नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् । वली विक्रेता हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए ।

वल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal