आज :

नदी सुकेपछि करोडौँ वर्ष पुरानो डायनोसरका खुट्टाका छाप फेला

  • अनलाइन डबली

काठमाडौँ । जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ ।

यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ ।

खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसरको पैतालाको छाप फेला परेको हो ।

उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्र्याक वे मध्ये एक भएको जनाइएको छ । सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् ।

‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा वन्यजन्तु विभागकी स्टेफानी सालीनस बताउँछिन् । ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्र्याकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal