आज :

सप्तरीमा तस्कर समूह र प्रहरीबीच भिडन्त, तीन राउन्ड गोली चल्यो

  • अनलाइन डबली

सप्तरी । सप्तरीमा तस्कर समूह र प्रहरीबीच भिडन्त भएको छ । तस्कर समुहले ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ।

मंगलबार दिउँसो साढे १२ बजे बलान बिहुल गाउँपालिका-४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार सामान तस्करी गरी भारतबाट नेपाल भित्र्याएर घरमा राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो।

टोलीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो। प्रहरीले भन्सार छलेर ल्याएका लत्ताकपडा लगायतका सामान पनि बरामद गरेको छ। कति सामान बरामद भयो भन्ने खुलिसकेको छैन।

घटनामा तीन जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। उनीहरूमा सामान्य चोट लागेको हो। भन्सार छलेर सामान ल्याउने मानिसहरू भने फरार छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal