आज :

काठमाडौँ महानगरपालिका भित्र फुटपाथ पसल संचालन गर्न पाउनु पर्ने माग राख्दै महानगरलाइ दिए ज्ञापनपत्र

  • अनलाइन डबली

काठमाडौँ महानगरपालिका भित्र फुटपाथ पसल संचालन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौँ  महानगरलाइ  ज्ञापनपत्र  बुझाइएको छ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिले ठुलो संख्यामा साना ब्यबसायी तथा श्रमिक सहितको समुहले  आज काठमाडौँ महानगरपालिकामा पुगेर आफ्ना माग रहेको  ज्ञापन पत्र दिएको हो । मेयर बालेन साहालाइ प्रतक्ष् भेतेर उक्त  ज्ञापन पत्र दिने समितिको प्रयास भएता पनि मेयर बालेनले सो समुहसंग भेट्ने इच्छा नगरेपछि समितिले महानगरपालिका उप प्रवक्ता महेश काफ्लेलाइ सो पत्र बुझाएका छन् ।

काठमाडौँ महानगरपालिले अब्यबस्थित रुपमा संचालन गरिएका फुटपाथ पसल हटाउने अभियान चलाई रहेको छ,भने   फुटपाथमा पसल संचालन गर्दै आएकाहरु संगठित भएर महानगरको यो अभियानको  बिरोध गर्दै आएका छन् ।

समितिले काठमाडौँ महानगर समक्ष् दिएको तीन बुदाँको माग यस्तो छ ।

१ . सडक छेउमा श्रम रोजगार गरि जीविकोपार्जन गर्दै आएकाहरुलाइ अभिलेखीकरण गरि परिचयपत्र प्रदान गर्नु पर्ने

२. सडक व्यापारीयालाइ मापदण्ड बनाएर व्यवस्थापन गर्नु पर्ने

३. महानगर प्रशासनले गर्दै आएको अमानवीय व्यवहार बन्द गर्नु पर्ने

रहेको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal