आज :

‘प्रेमगीत ३’ हिन्दी संस्करणका चार रोमान्टिक गीत रिलिज

  • अनलाइन डबली

काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् ।

जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् ।

‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्म असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुँदैछ ।

भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन हुनेछ । नेपालमा हिन्दी संस्करणमा समेत रिलिज गर्ने भनिए पनि यसबारे निश्चित भइसकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal