आज :

अनसन तोड्नुअघि निहारिकामाथि महिला प्रहरीले थुक्दैन भनिन्– थुक्क खातिनी

  • अनलाइन डबली

काठमाडौं । निहारिका राजपुत ‘सोनाली’ ले अनसन तोडेकी छन् । डिएनए परीक्षण गर्ने सहमति भएपछि अनसन तोडेकी हुन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद कोइरालाले निहारिकालाई जुस पिलाएर अनसन तोडाएका थिए । सहमति पत्रमा काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र निहारीकाले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अनसन बसेको १७ दिनपछि सरकारले निहारिकाको माग पूरा गर्न तयार भएको हो ।

सहमति पत्रमा निहारिकाको माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष उनको तर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परिक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र निहारिकाले अनसन तोड्ने सहमति पत्रमा उल्लेख छ ।

त्यो भन्दा पहिले आफ्ना मागबारे निहारिकाले पत्रकारसँग कुरा गर्न चाहेकी थिइन् । महाराजगंजस्थित प्रहरी अस्पताल बाहिर निहारिकालाई लछारपछार गरिएको थियो । उनलाई महिला प्रहरीले रोकेपछि अनसनका कारण कमजोर भएकी निहारिकाले आफूलाई आफ्ना कुरा राख्न दिनुपर्ने बताउँदै थिइन् ।

एक जना महिला प्रहरीले निहारिकाको हात समातारे तानिरहकी थिइन् । यसैबेला अर्की एकजना महिला प्रहरीले सुरुमा उनलाई सम्झाउन खोज्दै थिइन् । आक्रोसित निहारिकाले ती प्रहरीको गालामा हानिन् ।

त्यसपछि ती महिला प्रहरीले त्यहाँ भएकाहरुलाई अस्वभाविक लाग्ने गरी निहारिकाको शरीरमा थुकिन् । रिसले चुर भएर ती महिला प्रहरीले थुक्दै भनिन्, ‘थुक्क खातिनी’ । त्यसपछि निहारिकाका सहयोगीले किन थुकेको भनेपछि उनको जवाफ थियो, ‘मलाई किन गालामा हानेको छ ?’

निहारिकाले पनि मलाई थुकेको भन्दै फेरि थप्पड हान्न खोजेकी थिइन् । तर, अर्की महिला प्रहरीले उनलाई छोडिनन् । उनलाई तीन जना महिला प्रहरीले लछार्दै भित्र लिइन् । निहारिकालाई प्रहरी अस्पतालको गेटभन्दा बाहिर आउन दिइएन र पत्रकारलाई भित्र जान नदिएकै कारण पत्रकार सम्मेलन हुन सकेन ।

निहारिकाले आफूलाई बलात्कार गरेको भन्दै न्यायको लागि भन्दै अनसन बसिरहेकी छन् । उनको बच्चा पनि जन्मिएको छ । उनले आफूलाई बलात्कार गर्नेको डिएनए परीक्षणको माग गरेकी थिइन् । निहारिकाले त्यसअघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal