आज :

भदाै ७ गते नेपाल बन्द आह्वान, फेरी कसले किन गर्दैछ बन्द ? हेर्नुहोस विज्ञप्तिसहित

  • अनलाइन डबली

कञ्चनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदाै ७ गते मंगलबार नेपाल बन्द आब्हान गरेका छन ।

नेकपा विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको हो ।

नेकपा विप्लवले कञ्चनपुरमा समेत नेपाल बन्दको आब्हान गरेको छ । नेकपा कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सहमति विपरित अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा घकेलिरहेको जनाएको छ ।

आर्थिक मन्दी, आकासीदो महङगी, भ्रष्टाचार, कालोबजारी, राष्ट्रिय उद्योगी व्यवसायी धरासायी बन्दै सडकमा आउनुपर्ने अवस्थाले झन मुलुक जटिल अवस्थातर्फ उन्मुख भईरहेको चिन्ता व्यक्त गरिएको छ ।

नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन अपिल गरिएको छ ।

तर, नागरिक स्तरबाट भने बन्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्रम अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आएको छ । नागरिकको अपिल जायज भएको तर, बाध्यताबस नेपाल हड्ताल आब्हान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal