आज :

भारी वर्षापछि बाढी र पहिरो, एकै घरका ८ सहित ४८ जनाको मृत्यु

  • अनलाइन डबली

भारत । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।

हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् ।

पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ । बाढी पहिरोका कारण हजारौँ स्वदेशी तथा विदेशी पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् ।

शनिबार साँझ हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले प्रभावित जिल्लाहरूमा उच्च सरकारी अधिकारीहरूलाई यातायात आवागमनका लागि भत्किएका सडक मर्मतसम्भार गर्न तथा क्षतिग्रस्त पुल मर्मत वा पुनर्निर्माण गर्न निर्देशन दिएका थिए ।

यसैबीच, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा बाढीमा परेर १० जनाको ज्यान गएको छ भने सयौँ घर क्षतविक्षत भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ ।

बाढीले सयौँ हेक्टर खेतबारीमा क्षति भएको छ विगत केही महिना यताको अविरल वर्षासँगै देशका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी दुई सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal